Logo

बीआरआई नेपालको हितमा छ : पूर्व राजदूत कार्की (भिडिओसहित)



काठमाडौं, ७ चैत्र । पूर्व राजदूत टंक कार्कीले चीनका विदेशमन्त्री नेपाल भ्रमणमा आउनु सामान्य भएको बताए । उनले चिनियाँ विदेशमन्त्रीको अब हुने नेपाल भ्रमण सफल हुने विश्वास दिलाए। उनले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप नगर्ने स्पष्ट पारे । उनले अहिले चिनियाँ अर्थतन्त्रको प्रस्तुति हेर्दा निकट भविष्यमै विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने दाबीगरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको संवेदनशिलता पनि अरु देशले बुझ्नुपर्नेमा जोड दिए । उनले नेपालको राज्यसत्तामा रातो फुली भन्दा सेता छाला ठूलो मान्ने प्रवृत्ति देखिएको टिप्पणी गरे ।

उनले बीआरआई नेपालको हितमा रहेको सुनाए । उनले यसले चीनको विकासलाई नेपालको हितमा ल्याउने परियोजनाको रुपमा बीआरआईलाई बुझ्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्