Logo

पल शाहमाथि प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझायो



तनहुँ, ७ चैत्र । नाबालिग बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले शाहमाथि २१ दिनपछि लामो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पेश गरेको जनाइएको छ ।

यसअघि नवलपरासी प्रहरीले शाहविरुद्धको अनुन्सधान सकाएर सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ । र उक्त मुद्दा पनि अदातलमा पुगिसकेको छ ।

नाबालिग गायिकाले शाहले आफुलाई पटक–पटक बलात्कार गरेको भन्दै तनहुँमा उजुरी दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्