Logo

काँडाघारीमा विस्फोटक पदार्थ राखेको आरोपमा लामा पक्राउ



काठमाडौं, ७ चैत्र । काठमाडौंको काँडाघारीमा विस्फोटक पदार्थ राखेको अभियोगमा मणिक लामा पक्राउ परेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विस्फोटक पदार्थ राखेको आरोपमा सांसद नविना लामाको बुवा समेत रहेका लामालाई प्रहरीले पक्राउ गरेको हो ।

विस्फोटक पदार्थ राख्ने कार्यमा सम्लग्न भएको भन्दै नेपाल प्रहरीको विशेष ब्युरोले लामालाई पक्राउ गरेको जनाएको छ ।
एमसीसीको विरोधमा काठमाडौंमा विभिन्न दल, अभियान तथा सामान्य नागरिकहरु पनि उत्रिएका थिए ।

सोही क्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित ६ दल र २ मोर्चाको संयुक्त विरोधका दिनमा काँडाघारीमा शंकास्पद वस्तु फेला परेको थियो ।



प्रतिक्रिया दिनुहोस्