Logo

एमाले बैठकमा बाम एकता प्रस्तावले खैलाबैला



काठमाडौं, ७ चैत्र । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा बाम एकताको प्रस्ताव गरिएको छ । एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीइतर समूहका केही नेताहरुले एकताको प्रस्ताव ल्याएपछि खैलाबैला मच्चिएको छ ।

एमाले नेताहरु घनश्याम भुसाल र रघुजी पन्तले चुनाव अगावै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतसँग एकता गर्नुपर्ने प्रस्ताव गरेका हुन् । भुसालले लेखमार्फत् नै एकतावद्ध भएर नगए ठूलो धक्का खानुपर्ने उल्लेख गरिसकेका छन् ।

आजको बैठकमा रघुजी पन्तले पनि एकतामा जानुपर्नेमा जोड दिए । उनी विगतमा माधवकुमार नेपालसँग नजिक भएपनि पार्टी विभाजनको पक्षमा उभिएनन् ।

भुसाल र पन्तले कम्युनिस्ट एकताको कुरा गर्ने वित्तिकै ओलीनिकट केही नेताहरुले चर्को आलोचना गरे । उनीहरुले कम्युनिस्ट नीति र सिद्धान्त छाडेकाहरु भन्दै त्यस्ता पार्टी र समूहसँग एकता हुन नहुने तर्क गरे । महेश बस्नेतले एकताको कुरा गरेर अलमलाउन खोजिएको तर्क गरे ।

विगतमा ओली नेतृत्वको सरकार गिराउन भूमिका खेल्नेहरुले एकताको कुरा गर्न नसुहाउने भन्दै आलोचना गरे ।-File Photo



प्रतिक्रिया दिनुहोस्