Logo

राजस्थानमा महिलाहरु अर्गानिक खेतीबाट मालामाल



एजेन्सी, ७ चैत्र । भारतको राजस्थानको ग्रामीण भेगका महिलाहरुले कृषिमा नवीन थालनी गरेका छन् । उनीहरुले अर्गानिक कृषिसम्बन्धी विभिन्न कार्यहरुको थालनी गरेका हुन् । यसवापत् दाम र मान दुवै कमाइरहेका छन् ।

डेरी उद्दोग र कृषि आधारित उद्दोगलाई सरकारसँगको समन्वयमा संचालन गरेका हुन् । भारतको नीति आयोगसँगको सहकार्यमा १५० महिला उद्दमीको उद्दोगहरु संचालनका लागि विभिन्न छलफलमा छन् । उनीहरुले तालिम, बीऊको अनुदान, दीगोपन र बजारसम्बन्धी विषयहरुमा कार्यहरुमा केन्द्रित रहेका छन् ।

भारतको कृषि क्षेत्रमा योगदान दिने महिलाहरुले राष्ट्रपति अवार्ड पाउँदै आएका छन् । राजस्थानकी सन्तोष पचर त्यसमध्येकी हुन् । उनले ३० बिगाहा जमिनमा अर्गानिक खेतीको उदाहरणीय कार्य गरेर दुईपटक अवार्ड पाइसकेकी छिन् । कक्षा ८ सम्मको अध्ययन गरेकी पचर उदाहरणीय महिला हुन् । उनले गाजरको बीऊ उत्पादनमा नवीन कार्य गरेकी छिन् ।

पचरले गाईको गोबरबाट ग्याँस प्लान्टको प्रविधि पनि संचालनमा ल्याएकी छिन् । त्यसबाट गाउँका २० घर लावान्वित छन् ।

राजस्थानको मरभूमि क्षेत्रका महिलाहरुले पनि कृषि देखि अन्य क्षेत्रमा प्रभावकारी कार्यहरु गर्न थालेका छन् । महिलाहरु अर्गानिक कृषिलाई प्रोत्साहित गरिरहेका छन् । राजस्थानमा अर्गानिक खेतीमा सफलता हासिल गर्न धेरै महिलाहरुको कथा छ । उनीहरु कोही फर्सी त कोही कागती खेती गरेर उदाहरणीय कार्य गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्