Logo

अभिनेता पल शाह र कृष्ण जोशीको बयान शुरु



काठमाडौं, ८ चैत्र । अभिनेता पल शाहविरुद्ध बलात्कारको मुद्दा दायर भएपछि उनीसँग तनहुँ जिल्ला अदालतले बयान लिन सुरु गरेको छ । उनीसँगै उनका म्यानेजर कृष्ण जोशीसँग पनि अदालतले बयान लिन सुरु गरेको जनाइएको छ ।

आज मात्रै उनीविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गराएको थियो ।  शाहविरुद्ध १६ वर्षीया किशोरीमाथि बलात्कारको उजूरी परेको थियो ।

किशोरीका आफन्तले प्रहरीलाई जाहेरी दिएपछि २४ दिन हिरासतमा राखी अनुसन्धान पश्चात् उनीविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।



प्रतिक्रिया दिनुहोस्