Logo

करण सिंहका छारा विक्रमादित्यले छाडे कँग्रेस आई



एजेन्सी, ८ चैत्र । भारतमा कँग्रेस आईका भेट्रान नेता डा.करण सिंहका छोरा विक्रमादित्य सिंहले पार्टी छाडेका छन् । उनले आज एकपत्र मार्फत् कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलाई पार्टी परित्यागको जानकारी गराएका हुन् ।

सिंहले जम्मु काश्मिरको विषयमा कँग्रेस पार्टीको धारणा राष्ट्रिय स्वार्थ अनुकूल नभएको भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् । उनी जम्मु काश्मिरको विषयमा पार्टी धारणासँग असन्तुष्ट थिए । उनका पिता करण सिंह पनि असन्तुष्ट छन् ।

विक्रमादित्य सिंह काश्मिरका अन्तिम राजा हरि सिंहका नाति हुन् । उनको मामाघर नेपालको राणा परिवार हो ।



प्रतिक्रिया दिनुहोस्