Logo

४ वर्ष न्यायका लागि लड्दा लड्दै अधिवक्ता बनेका आशिष पौडेलले त्रिविमा ल्याइदिए तरंग



काठमाडौं, ९ चैत्र । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयले चार वर्ष अगाडि लिएको स्नातकोत्तर तह प्रथम सेमेष्टरको क्वान्टम मेकानिक्सको प्रश्नमाथि परेको रिटमाथि सुनुवाई गर्दै पुरानै प्रश्नपत्र अनुसार परीक्षा गराउन परमादेश जारी गरेको छ । ८ चैत्रमा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उक्त आदेश जा।री गरेको हो ।

अधिवक्त समेत रहेका क्वान्टम मेकानिक्सको परीक्षामा सहभागी विद्यार्थी आशिष पौडेलले त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथिको फैसलामा पुरानै प्रश्नपत्र अनुसार परीक्षा गराउन भनिएको छ ।

स्नातकोत्तर तह प्रथम सेमेष्टरको क्वान्टम मेकान्सिकको प्रश्नमा कुल ४५ पूर्णांकमा ३५ अंक पाठ्यक्रम बाहिरबाट आएको र प्रश्नपत्र बाँडेर पुनः फिर्ता लिइएको अवस्थामा परीक्षा पुनः संचालन गरिएपछि यसको कानुनी वैधानिकतामाथि प्रश्न उठाउँदै मुद्दा दायर भएको थियो ।

विभिन्न चरणमा बैठक बसी छानविन समिति समेत गठन भई सो छानविन समितिले प्रश्नपत्रमा त्रुटी भएको निष्कर्ष निकालेको थियो । त्रुटीका रहेको निष्कर्षका बाबजुद तत्कालिन शिक्षाध्यक्ष तथा हालकी कार्यवाहक उपकुलपति प्राध्यापक सुधा त्रिपाठीले परीक्षा रद्द गर्नुनपर्ने गरी आठ बुँदे निर्देशन दिएकी थिइन् । छानविन समितिको निष्कर्ष र शिक्षाध्यक्षले विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राध्यापक रामप्रसाद खतिवडालाई दिएको आठ बुँदे निर्देशन गुपचुप राखिएको थियो ।

अवैधानिक कार्य गरी परीक्षाफल प्रकाशित गरिएको थियो । विद्यार्थीको विरोध, राष्टिय शतर्कता केन्द्रले प्रतिक्रिया माग्नुका बाबजुद परीक्षाफल प्रकाशित गरेपछि यसबारे सम्पूर्ण तथ्य माग्दै राष्टिय सूचना आयोगमा कानुन व्यवसायी आशिष पौडेल पुगेका थिए । उनले सूचनाको हक प्रयोग गरी सम्पूर्ण सूचना संकलन गर्दा कानुनको खिलाफ हुनेगरी परीक्षा लिइएको, परीक्षाफल प्रकाशित गर्न निर्देशन दिइएको र परीक्षाफल समेत प्रकाशित गरेको पाइएको थियो । छानविन समितिले त्रुटी उल्लेख गर्नाका बाबजुद त्यसलाई लत्याएर निर्णय लिएको तथ्य भेटिएको थियो ।

पौडेल सरकारका विभिन्न निकाय पुगेर त्रिविको त्रुटीलाई थामथुम पार्ने योजना विफल पार्न सके । उनले ४ वर्ष लगाएर न्यायका लागि लडेर त्रिविका पदाधिकारीलाई नै शिक्षा दिए । देशको शिक्षा क्षेत्रमा उनले उदाहरणीय कार्य गरे । त्रिविका पदाधिकारीहरुलाई विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने छूट छैन र गरेमा सजाय समेत हुनसक्छ भन्ने सन्देश दिन सके । न्यायका लड्दा लड्दै बीएल उत्तीर्ण गरी लाइसेन्स परीक्षा समेत पास गरी कानून व्यवसायी बन्न सफल भए ।

त्रिवि उत्तरपुस्तिका धुल्याएका प्रकरणमाथि काठमाडौं प्रहरीले अनुसन्धान तामेलीमा राखेपछि छानविन गर्न समिति

त्रिविको उत्तरपुस्तिका धुल्याएको विवादास्पद प्रकरणमा काठमाडौं एसएसपी श्याम ज्ञवालीविरुद्ध उजुरी

अख्तियारद्वारा त्रिविको उत्तरपुस्तिका नष्ट गरिएको प्रकरणमा छानविन

जलाउन रोक्दारोक्दै उत्तरपुस्तिका खरानी

विवादित उत्तरपुस्तिका नधुल्याउनु भन्दै शर्तकताले लेख्यो त्रिविलाई पत्र (पत्रसहित)

(फलोअप समाचार) त्रिविको प्रश्नपत्रमाथि प्रश्नै प्रश्न, शिक्षामन्त्रीले कावा उपकुलपतिलाई दिए कारबाहीको निर्देशन

एउटा प्रश्नपत्रले शिक्षा क्षेत्रमा ल्याएको तरंग

 



प्रतिक्रिया दिनुहोस्