Logo

संखुवासभामा अवैध चोरी सिकार गरिरहेका चिनियाँ नागरिक पक्राउ परेपछि…



काठमाडौं, १० चैत्र । संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–१ किमाथांका नाकाबाट एक चिनियाँ नागरिकलाई चोरी शिकारीको अभियोगमा पक्राउ परेपछि देशबाहिर समेत चासो बढेको छ । अवैध चोरी शिकारीमा विदेशीको संलग्ना समेत पाइएको र त्यसमाथि पनि चिनियाँ नागरिक संलग्न भेटिएपछि चासो बढेको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार गत शुक्रबार बिहान मकालु बरुण राष्ट्रिय निकुञ्जबाट २८ वर्षीय झोउ झेन्जेनलाई पक्राउ गरिएको हो।

अध्यागमन विभागको अनुमतिबिना चिनियाँ नागरिक प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेको भन्दै आफूले नियन्त्रणमा लिइएको डीएसपी सुवेदीले जानकारी दिएका छन्।

विदेशी नागरिक वा पर्यटकहरूलाई अध्यागमन विभागको स्वीकृति बिना संरक्षित क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको छ। मकालु बरुण राष्ट्रिय निकुञ्जको केही क्षेत्र भोटखोला गाउँपालिकामा पर्छ। पक्राउ परेका चिनियाँ नागरिकबाट राहदानी समेत बरामद भएको छ।

पक्राउ परेका चिनियाँ नागरिक फागुन ३ गते नेपाल आए पनि उनी मोटरसाइकलबाट नेपाल प्रवेश गरेको अभिलेख अध्यागमन विभागसँग छ।
‘प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेको भन्दै हामीले उनलाई पक्राउ गरेका हौँ। उनी किन संखुवासभामा आएका हुन् भन्‍ने विषयमा अनुसन्धान भइरहेको छ,’ डिएसपी सुवेदीले भने।

सुवेदीका अनुसार पक्राउ परेका ती शंकास्पद व्यक्तिलाई घुँडामा चोट लागेका कारण हेलिकप्टरबाट काठमाडौं पठाइएकोसमेत जनाएको छ।



प्रतिक्रिया दिनुहोस्