काठमाडौं, १० चैत्र । नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पल शाहको थुनछेक बहस सकिएको छ। । जिल्ला अदालत तनहुँमा थुनछेक बहस सकिएको स्रोतले जनाएको छ ।
न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासमा थुनछेक बहस भएको हो । अभिनेता पल शाह र उनका म्यानेजर कृष्ण जोशीको पक्षबाट ११ जना र पीडितको पक्षबाट ७ जना कानुन व्यवसायीहरुले आज बहस गरेका थिए ।
मंगलबार उनीविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गराएको थियो । शाहविरुद्ध १६ वर्षीया किशोरीमाथि बलात्कारको उजूरी परेको थियो ।
किशोरीका आफन्तले प्रहरीलाई जाहेरी दिएपछि २४ दिन हिरासतमा राखी अनुसन्धान पश्चात् उनीविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।