काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तीमा सभापति शेरबहादुर देउवाले सल्लाह नगरेको भन्दै असन्तुष्टि पोखेको छ ।
उसले दुवै संगठनमा आवद्ध आफ्नो पक्षको भेला समेत बोलाएको छ ।
पछिल्लो समय सभापतिले एकलौटी गर्न थालेको भन्दै शेखर पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।
शेखर कोइरालानिकट एक नेताले दुवै संगठनमा गरिएको नियुक्तीको सम्बन्धमा सभापतिले आफूहरुसँग सल्लाह नगरेको असन्तुष्टि पोखे ।
त्यही भएर कोइरालाले छुट्टै भेला बोलाएको उनको दाबी छ ।
शेखरनिकट नेविसंघ र तरुण दलको भेला भने तीन दिनभित्र गरिसकिने जनाईएको छ । file photo