Logo

सिमल्टार खानेपानी आयोजनाको चैत्र १३ गने हुने भनिएको उद्घाटन कार्यक्रम स्थगित, चैत्र १८ गते हुने



तनहुँ, ११ चैत्र । तनहुँ बन्दिपुर गाउँपालिका–२ स्थित सिमल्टार खानेपानी आयोजनाको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले चैत्र १३ गते उद्घाटन गर्ने भनिएको कार्यक्रम स्थगित भएको छ ।

नेपाली कांग्रेसका नेता डा. कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा अतिथि रहने उद्घाटन कार्यक्रम पार्टीको केन्द्रीय समितिको बैठक लगायतका कारण स्थगित गरिएको र चैत्र १८ गतेलाई नयाँ मिति तय गरिएको अध्यक्ष रोजन बानियाँले बताए ।

‘नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक, संसदीय बोर्ड गठन, विभिन्न भातृसंगठनको नेतृत्वको विषयमा छलफल गर्न पर्ने भएकोले शिर्ष नेताहरुको समय नमिलेपछि उद्घाटन मिति सारेका हौ ।’-बानियाँले भने

उनले कार्यक्रममा शिर्ष नेता लगायत केन्द्र्रीय नेताहरुको समेत उपस्थिति रहने जानकारी दिए । खानेपानी आयोजनाको अब चैत्र १८ गते बन्दिपुर–२ सिमल्टारमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्