Logo

प्रचण्डद्धारा दुई दिनमा दुई प्रशासनिक भवन उद्घाटन



काठमाडौं, १२ चैत : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिनमा दुई वटा प्रशासनिक भवनको उद्घाटन गरेका छन् ।

चितवन, भरतपुर महानगरपालिकाको प्रशासनिक भवन उद्घाटन गरेको भोलिपल्टै अध्यक्ष प्रचण्डले गोरखामा शनिवार अर्को प्रशासनिक भवन उद्घाटन गरेका हुन् ।

चितवनवाट गोरखा पुगेका अध्यक्ष प्रचण्डले बारपाक सुलीकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेको दाहालको सचिवालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्