Logo

रुसलाई जी २० बाट हटाउन चाहन्छन् वाइडेन



एजेन्सी, १३ चैत्र । अमेरिकी राष्ट्रपति जो वाइडेन रुसलाई सँसारका २० ठूलो अर्थतन्त्र भएका देशहरुको समूह जी-२० बाट हटाउन चाहन्छन् । रुसले युक्रेनमाथि हमला गरेपछि विश्वका महत्वपूर्ण समूहहरुबाट रुसलाई हटाउने वाइडेनको चाहना प्रकट भएको हो । उनले गत हप्ता नाटोको बैठकमा रुसलाई जी-२० बाट हटाउने चाहनाबारे बोलेका थिए ।

रुसलाई एक्लाउँदै लाने अमेरिकी रणनीति अन्तर्गत विभिन्न कदमहरु वाइडेनले चालेका छन् । उनले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् । आफ्नो समूहका देशहरुलाई पनि प्रतिबन्ध लगाउन जोड दिइरहेका छन् ।

वाइडेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध आक्रामक बन्दै गएका छन् । उनले पुटिनलाई गम्भीर आरोपहरु लगाएका छन् । पुटिनको सत्ता जाने सम्म बोलेर तरंग ल्याइदिएका छन् ।



प्रतिक्रिया दिनुहोस्