Logo

तालिवानले केटीहरुको स्कुल फेरि बन्द गरेपछि…



एजेन्सी, १३ चैत्र । अफगानिस्तानमा मुस्लिम अतिवादी संगठन तालिवानले सत्ता कब्जा गरेपछि महिलाहरुको भविष्य संकटमा परेको छ । उनीहरु विद्यालय जानबाट वञ्चित गरिएका छन् । केटीहरुको विद्यालय बन्द गरिएको छ ।

गत हप्ता केटीहरुको विद्यालय खोलेकै दिन तालिवानले बन्दको सूचना जारी गरेको छ । विद्यालय खोलिएपछि रुँदै खुशी दर्शाएका केटीहरु फेरि रुन थाले । उनीहरुले रोएर मात्र अधिकार प्राप्त नहुने भन्दै विरोधको स्वर उठाएका छन् ।

काबुलमा दर्जनौं महिलाहरुले तालिवान विरोधी प्रदर्शन गरेका छन् । उनीहरुले कुनैपनि धर्मले शिक्षालाई नरोक्ने भन्दै लैङ्गिग विभेदको विरोध गरेका छन् ।

तालिवानले ६ कक्षाभन्दा माथि महिलालाई विद्यालय जानबाट वञ्चित गरेका छन् । विश्व समुदायले तालिवानको कदमको विरोध गरेका छन् । केटीहरुको माध्यमिक विद्यालय बन्द गरेपछि पीडामा परेका छन् ।

तालिवानले महिलालाई प्रतिबन्धहरु लगाएपछि कतिपयले ज्यान जोखिममा पारेर देश छाडिसकेका छन् । अफगानिस्तानमा महिलाहरु फेरि अन्धकार युगमा बाँच्न वाध्य भएका छन् । तर, यसपटक भने उनीहरुले तालिवानविरोधी गतिविधि बढाउँदै लगेका छन् ।-Photo Source: AP



प्रतिक्रिया दिनुहोस्