काठमाडौं, चैत १४ । नेपाल वायुसेवा निगमले काठमाडौं–मुम्बई उडान पुनः सुरु गरेको छ । करिब दुई वर्षदेखि कोभिड–१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो।
साताको तीन उडान गर्ने गरी निगमले उडान सुरु गरेको छ । आइतबार नै भारत सरकारले कोभिड–१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध समेत हटाएको छ ।
कोभिड–१९ पछि नेपाल–भारतबीच एयर बबल सम्झौता अनुसार उडान तथा अवतरण हुँदै आएको थियो । भारत सरकारले करिब २ वर्षपछि व्यावसायिक अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध खुला गरेको हो । योसँगै नेपाल भारतबीच रहेको एयर बबल सम्झौता खारेज भएको आजको कारोबार दैनिकमा खवर छ ।