Logo

रणवीर कपूरको ब्रह्मास्त्रको छायांकन सकियो, सेप्टेम्बर ९ मा रिलिज हुँदै



एजेन्सी, १५ चैत्र ।  बलिउड अभिनेता रणवीर कपुरको बहुप्रतिक्षित फिल्म ब्रह्मास्त्रको भाग १ को सुटिङ सकिएको छ । यसको अन्तिम समयतालिका उत्तर प्रदेशको वाराणसीमा सुटिङ भइरहेको थियो ।

ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमा यो जानकारी दिएका छन् । ब्रह्मास्त्रमा रणवीरका अलावा अमिताभ बच्चन, आलिया भट्ट, नागार्जुन र मौनी रोय देखिनेछन् । फिल्मलाई आयन मुखर्जीले निर्देशन गर्दैछन् । ब्रह्मास्त्र सेप्टेम्बर ९ मा रिलिज हुँदैछ ।

 



प्रतिक्रिया दिनुहोस्