Logo

यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौं, चैत १६ । हाल नेपालमा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशको प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा बदली आएको ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम मान्य रहने छ। चापीय प्रभावका कारण प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागका केहि स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, रातीसम्म प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। आज राती प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्