![](https://reportersnepal.com/wp-content/uploads/2022/03/Mahotarri-768x576.jpg)
महोत्तरी, १६ चैत्र । महोत्तरीको बर्दिबास नगरपालिका–१ रातु नदी किनारमा ‘रातु ठाकुरमोक्ष धाम’ निर्माणको कामले गति लिँदैछ । मान्छेको अन्तिम विश्रामस्थल मानिने अन्त्येष्टिस्थल निर्माणमा स्वस्पूmर्त सहयोग जुट्दै गएपछि ‘धाम’ निर्माणको कामले गति लिएको हो ।
रातु नदी किनारमा अहिले हिन्दू संस्कार विधिले गरिने अन्त्येष्टिका लागि धमाधम पाँच वटा चितास्थल (शवदाहस्थल) बनाइँदैछन् । पाँच बिघा सात कठ्ठा क्षेत्रको धामलाई सुगम, मनोरम र सुरक्षित बनाउन थालिएका प्रयत्नमा मनकारी दाताले विभिन्न जिम्मेवारी लिएर काम बढाएपछि अब ‘धाम’ निर्माणले गति लिएको ‘रातु ठाकुरमोक्ष धाम’ निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण देवकोटा बताउँछन् ।
“हिन्दू दर्शनले भौतिक पञ्चतत्वले बनेको शरीर नासवान भए पनि आत्मा अविनासी हुन्छ भनेको छ, त्यसैले मृतक व्यक्तिको आत्माले शान्ति पाओस् भन्ने हेतुले व्यवस्थित ‘धाम’ निर्माणमा जुटेका हौं ।”
पूर्वपश्चिम राजमार्गको रातु पुलको उत्तरतर्फ नदीको पश्चिम किनार बर्दिबास नगरक्षेत्रका हिन्दूहरुको अन्त्येष्टिस्थल रहँदै आएको छ । अहिले यसै ठाउँको पाँच बिघा सात कठ्ठा क्षेत्रफलको नदी उकास जग्गालाई घेराबेरा गरेर ‘धाम’ निर्माण गरिन लागिएको हो । राजमार्गबाट मोटर बाटो निर्माणाधीन धामसम्म पु¥याइएको छ ।
धाम परिसरभित्र बर्दिबासका युवाउद्यमी कुमार भण्डारीले ‘रातु ठाकुर’ (नदीका देवता) र बर्दिबासकै स्थानीय कृष्णबहादुर हमालले श्मसानका रखवाला मानिने भगवान शिवको मन्दिर बनाउँदै हुनुहुन्छ । पसिरभित्र दाताको सहयोगबाटै चार कोठे पक्की धर्मशाला निर्माण भइसकेको छ । यसैगरी बर्दिबास–९ पशुपतिनगरका घुरन महतो र रामनारायण महतोले निजी खर्चमा छुट्टाछुट्टै मलामी बस्ने पक्की घर बनाउँदै छन् । चारवटा शौचालय निर्माण चरणमा छन् । एक लाख ५० हजार लिटर पानी भण्डारण क्षमताको टङ्की निर्माणको काम अन्तिम चरणमा छ ।
खानेपानीका धारा व्यवस्थित गरिदैछन् । अध्यक्ष देवकोटाले धाम निर्माणमा भइरहेका कामबारे विस्तारपूर्वक जानकारी दिए । “हामी पूर्वी नेपालका सुनसरी र झापामा स्थानीय प्रयत्नबाट सर्पदंश उपचारमा भइरहेका कामबारे अवलोकन गर्न गएका थियौं”, सर्पदंश उपचार केन्द्र बर्दिबास–३ गौरीडाँडा सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका देवकोटाले भने, “त्यसैक्रममा सुनसरीको इटहरीमा व्यवस्थित अन्त्येष्टिस्थल देखियो, त्यसैबाट प्रेरित भएर यहाँ ‘धाम’ निर्माणको हुटहुटीले काम थालिएको हो ।”
गरौँ भनेर काम थालेपछि सहयोगी हातको साथ पाइने देवकोटाको अनुभव छ । सर्पको विगविगी हुने बर्दिबासमा उपचार केन्द्र सञ्चालनको काम थाल्दा पाएको सहयोगले ‘धाम’ निर्माणमा हौस्याएको देवकोटा बताउँछन् । “कहाँबाट जुट्ला भनेर पहिल्यै तर्सदा त के गर्न सकिन्छ र रु तर राम्रो काममा सहयोग गर्ने ठाउँमै आइपुग्ने मेरो पूर्वअनुभवले काम गरेको छ ।” आपूmले अब धाम बनाउने भन्ने सङ्कल्प गरेर काम थालेपछि एकपछि अर्को सहयोग थपिँदै गएको देवकोटाले बताए । धाम परिसरमै दाउरा डिपो व्यवस्थित गर्न प्रक्रिया थालिएको पनि उनले जानकारी दिए । तस्बिर विकिपिडियाबाट