Logo

सत्तागठबन्धनले आगामी चुनावमा तीन तहमा संयन्त्र बनाउने



काठमाडौं, १७ चैत्र । आगामी स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले तीन तहमा संयन्त्र बनाउने भएको छ । आज बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताको बैठकले प्रदेश, जिल्ला र पालिकास्तरमा संयन्त्र बनाउने निर्णय गरेको हो ।

संयन्त्र बनाउन सम्बन्धित ठाउँमा गठबन्धनको अवस्थाबारे प्रतिवेदन बनाएर चैत्र २२ भित्र केन्द्रमा पठाइसक्नुपर्नेछ । गठबन्धनको अनुसार पार्टीहरुको अवस्था हेरेपछि मात्र कुन पार्टीका उम्मेदवार उठाउने भन्ने निर्णय गर्नेछ ।

महानगरमा भने केन्द्रले ले नै उम्मेदवार तोक्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्