Logo

आरआरआरले ६ दिनमा कमायो ६७२ करोड, लाइफ टाइम बिजनेसमा ‘बाहुबली’लाई पछि पार्यो



एजेन्सी, १७ चैत्र । ‘आरआरआर’ ले बक्स अफिसमा रेकर्ड तोड्ने क्रम जारी छ । ५५० करोडको बजेटमा बनेको यो फिल्मले ६ दिनमै ६७० करोडभन्दा बढीको विश्वव्यापी व्यापार गरेको छ ।

फिल्मले छैटौं दिन विश्वभर ५० करोडभन्दा बढीको व्यापार गरेको थियो । योसँगै फिल्मको हिन्दी संस्करणले पनि ६ दिनमा १२० करोडभन्दा बढी कमाएको छ ।

योसँगै ‘आरआरआर’ले ‘बाहुबली’को लाइफ टाइम बिजनेसको रेकर्ड पनि तोडेको छ । यस बाहेक भारतमा हालसम्म सर्वाधिक कमाई गर्ने शीर्ष ५ फिल्मको सूचीमा ‘आरआरआर’ पनि दोस्रो नम्बरमा आएको छ

 



प्रतिक्रिया दिनुहोस्