Logo

प्रधानमन्त्रीलाई विमानस्थलमा पुर्याएर फर्किएको प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिएपछि…



काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका लागि विमानस्थल पुर्याएर फर्किएको प्रहरीको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । देउवाको सुरक्षामा खटिएको प्रहरीको भ्यानले कोटेश्वर चोकमा बाग्मती प्रदेश ०३२प ८५६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते भएका छन् ।

प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थलमा बिदाई गरेर फर्किएको प्रहरीको भ्यानले बिच सडकमा ढोका खोल्दा सडकमा गुडिरहेको मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शी अरुण कार्कीले बताए ।

घाइते भएका चालकलाई प्रहरीले आफ्नो भ्यानमा राखेर लगेको कार्कीले बताए । मोटरसाइकललाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्