काठमाडौं, १८ चैत्र । तीन दिने भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीलाई भारतीय रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले विमानस्थलमा स्वागत गर्ने भएका छन् ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा देउवाको स्वागतका लागि भट्टसहित भारतीय राजदुत विनयमोहन क्वात्रा र सहसचिव अनुराग श्रीवास्तव पनि पुगेका छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो भारत प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो ।
४ मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा केहीबेर अघि दिल्ली प्रस्थान गरेका हुन् ।