Logo

टी–२० सिरिजः मलेसियामाथि पीएनजीको शानदार जित



काठमाडौं, १८ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रय क्रिकेट सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले मलेसियामाथि शानदार जित निकालेको छ ।

क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भएको खेलमा पीएनजीले मलेसियालाई ८ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको पीएनजीले १७.५ ओभरमा २ विकेटको नोक्सानीमा पुरा गर्यो ।

पीएनजीका लागि टोनी उराले ३४ बलमा २ चौका र १० छक्काको मद्दतमा अविजित ८६ रनको योगदान दिए ।

यस्तै, कप्तान असाद भाला ५१ बलमा ८ चौका र १ छक्कासहित ७४ रनमा अविजित रहे ।

मलेसियाका लागि कप्तान अहमद फैजले ४३ बलमा ५ बलमा चौका र ३ छक्कासहित ६३ रनको योगदान दिए ।

ओपनर विरनदीपसिंह १५ बलमा १ चौकासहित १० रनमा आउट भए । ओपनर जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन जोड्दै आक्रामक सुरुवात दिलाएका थिए ।

पपुवा न्युगिनीका काबुआ मोरेआले ३ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । चाद सोपर र राइली हेकुरेले १–१ विकेट लिए ।

 



प्रतिक्रिया दिनुहोस्