काठमाडौं, १८ चैत्र । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले अब रात्रीकालिन फिल्ड सपोर्ट सेवा दिने भएको छ । कम्पनीले नेपालमा सुभाराम्भ भएको १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालन गर्दै आएको छ ।
देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य मा स्वस्थ स्पुर्थ सेवा दिदैं आएको कम्पनीले दाबी गरेको छ ।
क्लासिक टेकले रात्रीकालिन फिल्ड सपोर्ट सेवाका लागि ६ महिना अघि नै अधिकांश सहरहरुमा परिक्षण गर्दै सोही प्रयोजनका लागि ८ सय जना कर्मचारी मागेको थियो ।
कम्पनीले ग्राहकलाई २४ चौबिसै घण्टा फिल्ड सपोर्ट सेवा प्रदान गर्न कम्पनीले ग्राहक लाई कम्ल्पेन टिकेट रजिस्टार भएपछि ग्राहक को अनुमतिमा राती १० बजे सम्म सेवा दिने र आगामी दिनमा यसलाई अझै बढाउन सकिने बताएको छ।
आगामी दिनमा यसलाई अझै बढाइने कम्पनीले जनाएको छ। कम्पनीले ग्राहक सेवालाई प्राथमिकता दिँदै आएकोले कम्प्लेन रजिष्टर्ड भएको २ घण्टाको कार्यसमयमा कम्पनीले सेवा दिन सकिने उल्लेख गरेको छ। समयमै सपोर्ट दिन नसके टाइम ब्याक कम्पेन्सेसन अर्थात् त्यसको क्षतिपूर्ति समेत दिँदै आएको क्लासिक टेकले जनाएको छ।