काठमाडौं, १८ चैत्र । भारतले प्रधानमन्त्री शेरबहादुर देउवालाई विशेष मित्र भनेको छ । तीन दिने भारत भ्रमणका लागि आज दिल्ली पुगेका देउवालाई त्यहाँको विदेश मन्त्रालयले विशेष मित्र भनेको हो ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ट्वीट गर्दै देउवा दिल्ली पुगेको भिडियो सार्वजनिक गरेका छन् । भिडियो ट्वीट गर्दै उनले लेखेका छन्, ‘हार्दिक स्वागत विशेष मित्र ।’
भिडियोमा देउवालाई भारतका रक्षा राज्यमन्त्री अजय भट्टले विमानस्थलमा स्वागत गरेको दृश्य देखाइएको छ । देउवाको साथमा उनकी पत्नी डा. आरजु देउवा पनि छिन् ।
A fond welcome to a special friend.
PM of Nepal @SherBDeuba arrives in India for an official visit from 01-03 April 2022.
This is his first bilateral visit abroad after assuming office in July 2021. pic.twitter.com/57t0n5IiJJ
— Arindam Bagchi (@MEAIndia) April 1, 2022