Logo

टी–२० सिरिजः आज नेपाल र मलेसिया भिड्दै, मलेसिया जित्नैपर्ने दवावमा



काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत नेपालले आज मलेसियासँग प्रतिष्पर्धा गर्दै छ ।

क्रितिपुर स्थित टीयू क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ ।

नेपाल बिहीबार एक खेल अगाबै फाइनल प्रवेश गरिसकेको छ भने नेपालसँग फाइनलमा भिड्ने टोलीको भने अझै टुंगो लागेको छैन ।

लगातार तीन खेलमा पराजित भएको पपुवा न्युगिनीले आफ्नो अन्तिम खेलमा मलेसियामाथि सानदार जित निकाल्दै फाइनल सम्भावना कायम राखेको छ । यस्तै, तिन खेल खेलेको मलेसियाले पनि एक जित निकालेको छ । मलेसिया आज नेपालसँग पराजित भए फाइनल यात्रा समाप्त हुनेछ । तर, नेपालमाथि जित निकाले फाइनल यात्रा कायम रहनेछ ।

मलेसियालाई जित्नैपर्ने दवाव रहेकाले आजको खेल रोमान्चक हुने आँकलन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्