काठमाडौं, २० चैत्र । पेट्रोलिम पद्धार्थको आपूर्ति सहज भएको छ । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेपछि सहज आपूर्ति तथा विक्री वितरण भएको छ ।
२० चैत्रबाट व्यवसायीको आन्दोलनको घोषणाका कारण पेट्रोल पम्पहरुमा लामहरु लागेका थिए । तर, आन्दोलनका कार्यक्रम ढुवानी व्यवसायीले स्थगित गरेका छन् ।
नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबारको सहमतिपछि ढुवानी सहज बनाइएको हो । दुवै पक्षबीच चार बुँदे सहमतिपछि निगमले चार बुँदे विज्ञप्ति पनि जारी गरेको छ ।
सात दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति बनेको छ । व्यवसायीले माग गरेकामध्ये ढुवानीवापतको कमिशनका विषयहरुमा सात दिनभित्र छलफल गरी उचित निकाय निकाल्ने सहमति भएको हो ।