Logo

श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध



एजेन्सी, २० चैत्र । चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकामा सामाजिक सञ्जालहरु फेसबुक, ट्विटर चलाउन रोक लगाइएको छ । सरकारविरुद्ध भइरहेको प्रदर्शनलाई क म गर्न श्रीलंकाले आजदेखि सामाजिक सञ्जाल चलाउनमा देशभर रोक लगाएको समाचार एजेन्सीले जनाएको छ ।

तर कहिलेसम्म सञ्जाललाई प्रतिबन्ध गरिएको हो त्यसको बारेमा भने जानकारी दिइएको छैन् ।

सरकारविरुद्ध विरोध र प्रदर्शन बढ्न थालेपछि गत शुक्रबार रातिदेखि संकटकाल घोषणा गरिएको थियो । शनिबार बेलुकादेखि ३६ घण्टे कफ्र्यु पनि लगाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्