Logo

पाकिस्तानका प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव खारेज, संसद बैठक स्थगित



एजेन्सी, २० चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव खारेज भएको छ । खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव संसदका उपसभामुख कासिम खान सुरीले असंवैधानिक भन्दै खारेज गरिदिएका हुन् ।

अविश्वासको प्रस्ताव खारेजभएसँगै संसद बैठकपनि स्थगित भएको छ ।

सत्तारुढ गठबन्धनका केही दल र उनकै पार्टीका सांसदहरु खानको विपक्षमा भएपछि उनी अल्पमतमा परेका थिए । अब बैंठक अप्रिल २५ मा बस्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्