Logo

देउवाको भारत भ्रमणको कूटनीतिक महत्व



विपिन देवः नेपालका वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाको पॉचौ पटकको प्रधानमन्त्रित्वकालको पहिलो यात्राका लागि भारतलाई चुनिएको छ । प्रधानमन्त्री भए पछि कर्मकाण्ड जस्तै भारत जानु नयाँपनत होइन तर शेर बहादुर प्रधानमन्त्री देउवाको यो यात्रा अरु यात्राहरू भन्दा पृथक देखिन्छ । अहिले संसार ध्रुवीकृत अवस्थामा छ । प्रजातान्त्रिक कित्ताका राष्ट्रहरूले इण्डोप्यासिफिक नीति अन्र्तगत अमेरिकालगायत पश्चिमा सहयोग र अनुदानलाई स्वीकार गरेका छन् भने केही राष्ट्रहरूले वि.आर.आइ (चिनियाँ योजना) लाई स्वीकार गरेका छन् ।

नेपालले यी दुवै योजनाहरूलाई स्वीकार गरी हस्ताक्षर गरेका छन् । कूटनीतिमा शक्ति सन्तुलन गरी अगाडि बढ्नु चुनौतीपूर्ण र जोखिमपूर्ण काम भए तापनि शेर बहादुरले आप्mनो परिपक्वता देखाएकै हो । यही संन्र्दभमा यस पटकको भारत यात्रा पृथक् देखिन्छ । वास्तवमा कूटनीतिक हिसाबले भारत संसारकै कूटनीतिक र सामरिक अभ्यासको थलो भई सकेको छ । मार्चको अन्तिम सातामा नै अष्ट्रिया, ग्रीस, जर्मनी, ओमान, चीन, रसिया, ब्रिटेन अमेरिका उच्चस्तरीय भ्रमण दलहरू दिल्ली यात्रा गरेका छन् । यही पृष्टभूमिमा नेपालका प्रधानमन्त्रीले भर्खरै विवादित एम.सी.सी.को योजनालाई स्वीकार र आत्मसात् गरेको कुरा प्रजातान्त्रिक जगतलाई प्रत्याभूत गर्न सफल हुन सक्छ । अर्थात् भारत भ्रमणको माध्यमवाट पश्चिमा शक्तिसँगको सामिप्यतालाई बलियो बनाउ‘ने प्रधानमन्त्री देउवाको रणनीति रहेको छ । यस पटकको यात्रा अरु यात्रा भन्दा पृथक् हुनुको कारण प्रधानमन्त्रीको पहिलो यात्रा बीजेपीको मुख्यालय रहेको छ । नेपाली काङ्ग्रेसले एक किसिमको फड्को नै लिएको देखिन्छ ।

नेपाली काङ्ग्रेसको परम्परिक र दार्शनिक सम्वन्ध भारतका समाजवादी कित्तासंग थियो । डा. राममनोहर लोहिया र जयप्रकासशका नारायणका राजनीति र आर्थिक दर्शनको गहिरो प्रभाव नेपाली काङ्ग्रेसमा परेको थियो । वीपी कोइरालालाई भारतका समाजवादीहरूले राष्ट्रिय व्यक्तित्व जस्तै आदर गर्थे । नेपाली काङ्ग्रेसको हरेक राजनीतिक आरोह र अवरोहमा भारतका समाजवादीहरूले सहयोग र सहानभूति जाहेर गरेका थिए । नेपाली काङ्ग्रेसले पनि भारतमा ७० को दशकमा भएको जे.पी. आन्दोलनलाई नैतिक सर्मथन गरी भारतको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गरेका थिए । अब अवस्था फरक छ । डा. लोहिया र जयप्रकास नारायणको पदचापमा हिड्ने राजनेताहरूको भारतको केन्दीय राजनीतिमा बलियो पकड छैन ।

भारतीय जनता पार्टी संस्थागत हु‘दै विकसित भइरहेको अवस्थामा हिन्दूत्वलाई चूनावी मुद्दाको रुपमा लिदै देउवाले बीजेपीको मुख्यालय यात्रा गर्दै हिन्दूहरूको पवित्र बनारस यात्रा गरेको हो । अर्थात् आउ‘ने दिनमा नेपाली राजनीतिमा हिन्दुत्वको वहस सुरु हुने कुरा यो यात्राले सङ्केत गरेको छ । हुनतः यसको उठान गर्ने नायक के.पी. ओली नै हुन् । हिन्दुत्वको साथसाथै यस यात्रामा भारतले आप्mनो सुरक्षा संवेदनशिलतालाई आप्mनो समकक्षीयसंग राख्न सक्ने जानकारहरूको दाबी रहेको छ । अर्थात् भारतको सबभन्दा ठुलो चूनौती कटरपन्थीसंग छ । आतंकवाद र कट्टर पन्थीलाई मलजल गर्न प्रचूर मात्रामा कालाधनको खेती गर्न धार्मिक संगठनहरू नेपालका विभिन्न भागमा सक्रिय रहेको भारतको सुरक्षा संयन्त्रले वारम्वार नेपाललाई ध्यान आकृष्ट गरेको छ । सूचना आदान प्रदान लगायत साझा सुरक्षा कवजको आधारमा दुई देशहरूले आतंकवामद र कट्टरपन्थीसंग लड्ने प्रतिवद्धता जाहेर गर्ने पनि यो यात्राको अभिप्राय रहने छ ।

यस पटकको यात्रामा नेपालले भारतको पू‘जी र लगानीलाई आकर्षण गर्न भारतलाई योजनाका साथ प्रस्ताव राखेको थियो । वर्तमान अवस्थामा दक्षिण एसियाका अधिकांस मुलुकहरू चिनियाँ ऋणको कारणले गर्दा धराशायी अवस्थामा छ । पकिस्तानले सि.पेक लगायत विभिन्न योजना अन्र्तगत चिनिया ऋणको जालमा फसेको छ । श्रीलङ्का आर्थिक रुपले ध्वस्त हुने संघारमा पुगेको छ । दक्षिण एसियाका अनुभवलाई आएमसात गर्दै नेपालले बजारमैत्री निवेशको वातावरण बनाउ‘दै भारतीय लगानीका लागि आवश्यक गृहकार्य गर्नु पर्ने छ । भारतको सामरिक पहु‘च र सामथ्र्य मित्रता र पारस्परिक हितका आधारमा नेपालको आप्mनो आर्थिक विकासका लागि प्रयोग गर्ने देखिन्छ । भारत र नेपाल बिम्स्टेकका सक्रिय सदस्यहरू हुन् । विमस्टेकको उद्देश्य नै आर्थिक गतिविधि बढाउनु हो । यो वास्तवमा हिन्दमहासागरीय देशहरू विच आर्थिक कारोवार बढाउने उद्देश्यले अभिप्रेरित छ । ९० को दशकमा भारतका तत्कालीन प्रधानमन्त्री रावले लुक इष्ट पोलिसि लिएका थिए भने मोदीले शब्द रुपान्तरण गर्दै एक्ट इष्ट पोलिसि बनाए । अर्थात् भारतलाई आर्थिक र सांस्कृतिक रुपले आसियानका मुलुकहरूसंग जोड्न यो नीति उपयोगी सावित भएको छ ।

नेपालको महत्वपूर्ण उद्देश्य नै हिन्दु र बुद्ध धर्ममा आस्था राख्ने पर्यटकहरूलाई भित्र्याउ‘नु हो । आसियानका मुलकहरूमा (थाइल्याण्ड, इण्डोनेसिया र वाली) मा हिन्दु र बुद्ध धर्मालम्वीहरू अधिक भ्रमण गर्ने गर्दछन् । नेपालले आवश्यक पूर्वाधार निर्माण गरेर भारत भैm बिमस्टेकको मञ्चलाई प्रचूर मात्रामा उपयोग गर्दै आसियानसंग आर्थिक कारोवार बढाउनु पर्ने देखिएको छ । अर्थात् नेपालका प्रधानमन्त्रीले यस पटकको भारत यात्रामा आर्थिक कारोवारको पक्षलाई अगाडि राख्नु पर्दछ । भर्खरै भारतले आप्mनो निर्यात महत्वांकाक्षा कार्यक्रम अन्र्तगत ४०० विलियन डलरको निर्यात गर्न सफल भएको छ । नेपालले व्यापार घाटाको भार लामो समयदेखि वहन गरिरहेको अवस्था छ । व्यापार घाटालाई कम गर्न उत्पादन जोड् दिनु पर्ने हुन्छ । यस अर्थमा लगानी मैत्री वातावरण बनाउनु पर्ने राष्ट्रिय जिम्मेवारी हुन जान्छ ।

नेपाललको विकास दरलाई बढाउन “एण्टी इण्डियन” भावनालाई निरुत्साहित गर्नु पर्दछ । त्यसको लागि लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाउनु पर्दछ । भारतीय पर्यटक र लगानीलाई निमन्त्रणा गर्न नेपाली संस्कृतिको मर्मअनुसार सकारात्मक सोचलाई अभिवृद्धि गर्दै बजार मैत्री र लगानी मैत्री वातावरण बनाउनु पर्दछ । अर्थात् देउवाको यात्राले धार्मिक र सांस्कृतिक सम्वन्धको साथै आर्थिक लक्ष्य भेदन गर्न सफल हुनु पर्दछ ।

 



प्रतिक्रिया दिनुहोस्