काठमाडौं, २० चैत्र । भारत भ्रमणमा रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणाले नेपाल र भारतबीच धेरै घनिष्ठको सम्बन्ध रहेको बताएकी छिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा जलस्रोतका विकासको योजना बनेको बन्दै यसको खुलेर प्रशंसा गरिन् ।
उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौंदेखि सुमधुर रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सुमधुर हुने विश्वास व्यक्त गरिन् ।
उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम विकास हुने बताईन् ।
उनले भने,‘भारतसँग राम्रो सम्बन्ध होस भन्ने नेपालीहरुको चाहना हो । भारतसँग अझै प्रगाढा सम्बन्ध हुनुपर्छ ।’