Logo

म्याग्दीका वडा अध्यक्षद्धारा माओवादी कार्यकर्तामाथि दुव्यवहार



म्याग्दी २० चैत । म्याग्दीको बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले सार्वजनिक स्थलमा नेकपा माओवादीका कार्यकर्तामाथि दुव्यवहार गरेका छन् । वडा अध्यक्ष बानियाँले चैत १८ गते बेनी स्थित सामुदायिक विद्यालय चोकमा आफुलाई दुव्यवहार गरेको बालकुमार बानियाँले बताए ।

वडा अध्यक्ष बानियाँ र बालकुमार बानियाँ नाताले दाजु भाई हुन् । गत वर्षको स्थानीय चुनावमा भाईलाई वडा प्रतिनिधि जिताउन आफु चुनाव प्रचारप्रसारमा खटिएको बालकुमार बानियाँ बताउँछन् ।

पीडित बालकुमार बानियाँले भने,‘आफ्नो जिउज्यानको सुरक्षाको माग गर्दै वडाअध्यक्ष विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएको छु । बिना गल्ती मलाई दुव्यवहार गरियो, मानसिक तनाव दिइयो । मेरो कुनै गल्ती छैन् ।’उनले दाजुभाईको जग्गा एकै ठाउँमा भएको उल्लेख गर्दै आफ्नो जग्गा पनि भाई कृष्ण बानियाँले मिचेको आरोप लगाए ।

जनप्रतिनिधिले आफ्नो कार्यकर्तामाथि अभद्र व्यवहार गरि सार्वजनिक स्थलमा अमानविय व्यवहार गरेको भन्दै माओवादी बेनी नगर कमिटी माओवादी केन्द्रले विरोध जनाएको छ ।

माओवादी नगर कमिटी अध्यक्ष शेरबहादुर केसीद्धारा जारी विज्ञप्तीमा सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्ने कार्यको भर्सना गर्दै यस्ता क्रियाकलापमको अन्त्य नगरेमा सशक्त प्रतिकार गर्ने चेतावनी समेत दिईएको छ । यो समाचार तयार पार्दा सम्म वडाअध्यक्ष कृष्ण बानियाँलाई सम्पर्क गर्न खोज्दा मोबाइलमा सम्पर्क हुन सकेन ।

 



प्रतिक्रिया दिनुहोस्