Logo

आलिया र रणबीरको विवाहबारे रणधीर भन्छन्– मलाई विवाहबारे केही थाहा छैन



एजेन्सी, २१ चैत्र । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट बिवाहको कारण चर्चामा छन् । हालै यो जोडीले अप्रिलको दोस्रो साता मुम्बईको चेम्बुरस्थित आरके हाउसमा विवाह गर्ने खबर आएको थियो, जुन कपूर परिवारको पैतृक घर हो। तर अर्को रिपोर्ट अनुसार रणवीर र आलियाको अप्रिलमा इन्गेजमेन्ट हुनेछ र डिसेम्बरमा बिहे हुनेछ ।

रिपोर्टका अनुसार रणवीरका काका रणधीर कपुरले विवाहको सबै खबरलाई अस्वीकार गरेका छन् । उनले भने, “म अहिले मुम्बईमा छैन र मैले बिहेको कुनै खबर पाएको छैन। यदि हामीले यहाँ यति ठूलो बिहे गरिरहेका थियौं भने मलाई कसैले फोन गरेर भनेको हुनुपर्छ।“

आलियासँग धेरै पटक काम गरिसकेकी सेलिब्रेटी मेहन्दी कलाकार वीणा नागडाले भनिन्, “मलाई अहिलेसम्म कसैले सम्पर्क गरेको छैन। मैले केही दिनअघि आलियालाई भेटेको थिएँ तर उनले पनि विवाहबारे केही खुलाइनन्।यदि साँच्चै विवाह यही महिना हुँदैछ ।, यो मेरो लागि धेरै छोटो सूचना हुन गइरहेको छ।“

आलिया र रणबीर फेब्रुअरी २०१८ मा फिल्मको सेटमा प्रेममा परेका थिए । दुबै जना सार्वजनिक रूपमा बलिउड अभिनेत्री सोनम कपुरको विवाहमा जोडीको रूपमा २०१८ को मे महिनामा देखिएका थिए। आलिया र रणवीर पहिलो पटक अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ मा सँगै देखिनेछन् । फिल्म सेप्टेम्बर ९ मा सिनेमाघरमा रिलिज हुँदैछ । फिल्ममा अमिताभ बच्चन, डिम्पल कपाडिया, नागार्जुन अक्किनेनी र मौनी रोयको पनि अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्