Logo

अविश्वासको प्रस्तावमाथि मतदान गर्न माग राख्दै पाकिस्तानी प्रधानमन्त्रीविरुद्ध रिट



एजेन्सी, २१ चैत्र । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान गर्न माग गर्दै अदालतमा रिट दाएर भएको हो ।

उक्त रिटमा आज बेलुकासम्म अदालतले फैसला सुनाउने जनाइएको छ । खानले हिजो मात्रै असंवैधानिक प्रस्तावभन्दै संसद विघटन गरेका हुन् । उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव हिजो खारेज भएसँगै उनले संसद विघटन गरेका हुन् ।

आइतबार नै प्रस्तावमाथि मतदानको तयारी थियो ।



प्रतिक्रिया दिनुहोस्