Logo

यूकेमा कोरोनाभाइरस सङ्क्रमणका नौ नयाँ लक्षण थपिए



काठमाडौं, चैत २२ । यूकेमा कोभिडका नौ नयाँ लक्षणहरू थपिएका छन्। यूकेको हेल्थ सेक्युरेटी एजेन्सीले हालै जारी गरेको निर्देशिकामा कोरोनाभाइरस सङ्क्रमणमा घाँटी दुख्ने, जीउ दुख्ने र पखालासहित अन्य लक्षणहरू थपेको हो। महामारी सुरु भएको दुई वर्षपछि इङ्गल्यान्डमा निःशुल्क परीक्षण अन्त्य भएको केही दिनपछि नयाँ लक्षणहरू थपिएको हो।

यद्यपि न्याश्नल हेल्थ सर्भिसेजले धेरै नयाँ लक्षणहरू रुघाखोकी र फ्लुका लक्षणसँग मिल्दोजुल्दो रहेकोले होसियार रहन भनेको छ। नयाँ थपिएका नौ लक्षणहरुमा श्वासप्रश्वासमा असहजता,थकान,जीउ दुख्ने,टाउको दुख्ने,घाँटी दुख्ने,सिँगान बग्ने वा नाक बन्द हुने,भोक नलाग्ने,
पखाला,बिरामी महसुस हुने लगायतका रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्