Logo

युक्रेनमा भएको आक्रमणको ४१ औं दिन आज, माइकोलाइभमा रुसी आक्रमणमा १० जनाको मृत्यु



एजेन्सी, २२ चैत्र । रुस–युक्रेन युद्धको आज ४१ औं दिन हो । रुसी सेना युक्रेनका केही क्षेत्रबाट बिस्तारै फिर्ता हुँदैछन् । सेनाहरु फर्केपछि धेरै स्थानमा ध्वस्त हुने दृश्यहरु सार्वजनिक भइरहेका छन् ।

रुसको बुचा सहरमा भएको नरसंहारपछि छरिएका शवले विश्वलाई स्तब्ध बनाएको छ । अर्कोतर्फ, युक्रेनका अभियोजक जनरलले भनेका छन् कि बोरोड्यान्का सहरको अवस्था बुचाको भन्दा खराब छ। तर, उनले मृतकको संख्या भने खुलाएनन् ।

अर्कोतर्फ, माइकोलाइभका मेयर ओलेक्सान्डर सेन्केभिचका अनुसार गत दिन रुसी आक्रमणमा १० जनाको मृत्यु भएको थियो भने ४६ जना घाइते भएका थिए । अप्रिल ४ मा रुसले दुईवटा अस्पताल, एउटा अनाथालय, ११ वटा किन्डरगार्टन र १२ वटा विद्यालयमा आक्रमण गरेको थियो जसमा आवासीय क्षेत्रहरू पनि थिए।



प्रतिक्रिया दिनुहोस्