एजेन्सी, २२ चैत्र । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट लामो समयदेखि विवाहको चर्चामा छन् । रिपोर्टका अनुसार दुबै अब यही महिना अप्रिलमा विवाह बन्धनमा बाँधिदैछन् । बिहेअघि रणवीरले ब्याचलर पार्टीको पनि योजना बनाएका छन् । यसैबीच, रणवीरको ब्याचलर पार्टीमा सहभागी हुने पाहुनाको सूची पनि आइसकेको छ । त्यसैले यो जोडीले नजिकका साथीभाइ र परिवारका बीचमा विवाह गर्ने निर्णय गरेका छन् ।
पिंकभिलाको रिपोर्ट अनुसार, रणवीरले आफ्नो घरमा आफ्नो ब्याचलर पार्टी आयोजना गर्ने योजना बनाएका छन्। उनको पार्टीमा उनको धेरै नजिकका साथीहरू र उद्योगका बाल्यकालका साथीहरू सहभागी हुनेछन्। यो लिस्टमा अर्जुन कपुर, आदित्य रोय कपुर र अयान मुखर्जीको नाम समावेश छ । तीनैजना रणवीरसँग निकै नजिक छन् ।
रिपोर्टका अनुसार आलिया र रणवीरको विवाह मुम्बईमा नजिकका साथीभाइ र परिवारबीच हुने भएको छ । रणवीर आफैंले आफ्नो पुर्ख्यौली घर आरके हाउसको विवाह स्थल फाइनल गरेका छन् । उनका आमाबाबु ऋषि कपूर र नीतु कपूरको विवाह २० जनवरी १९८० मा आरके हाउसमा भएको थियो।
त्यसैले रणवीर पनि आफ्नी प्रेमिका आलियासँग चेम्बुरको घरमा विवाह गर्न चाहन्छन् । यस विवाहमा ४५० पाहुनाको सहभागिता रहनेछ जसका लागि ‘शादी स्क्वाड वेडिङ प्लानर’ नियुक्त गरिएको छ । विवाहको मिति १७ अप्रिलमा फाइनल भएको छ।