काठमाडौं, २२ चैत्र । नेकपा (एमाले) का नेता ईश्वरी रिजालले आगामी निर्वाचनमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग मिलेर जाने सम्भावना नरहेको बताएका छन् ।
उनले माधव नेपालले नेतृत्व गरेको पार्टीको वैधानिकतामाथि नै प्रश्न उठाए ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अदालतले पनि अहिलेसम्म यो मुद्दामा फैसला भईनसकेको उल्लेख गरे ।