Logo

कविता सुनुवार मृत्यु प्रकरणः दुई युवक प्रहरीको नियन्त्रणमा



काठमाडौं, २२ चैत्र । उदयपुरकी १५ वर्षीया कविता सुनुवार मृत्यु प्रकरणमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । बेलका नगरपालिका–३ बुद्धचोककी युवती सुनुवारको रहस्यमय मृत्यु प्रकरणमा सम्लग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको आज पुष्टि गरेको हो ।

नियन्त्रणमा भएका दुई युवकको छानबिन भइरहेको भन्दै प्रहरीले उनीहरुको पुर्ण विवरण भने सार्वजनिक गरेको छैन् ।
ट्युसन पढ्न गएकी सुनुवारको शव घोप्टो परेको अवस्थामा यसोधा खोलाको डिलमा भेटिएको थियो । शव भेटिएपछि स्थानीय र आफन्तहरुले सुनुवारको हत्या गरेको भन्दै छानबिन गर्न माग गर्दै नाराबाजी गर्दै आएका छन् ।

मृतक सुनुवार श्री कोशी जनता उच्च मावि रामपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।

विद्यालय जान निस्किएकी सुनुवारको आज बिहान हत्या गरेको अवस्थामा शव फेला परेको हो । उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको कविता अध्ययनरत विद्यालयका प्रधानाध्यापक सुर्य नारायण साहले बताएका छन् ।

विद्यालयले एक विज्ञप्ती जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाएर र कडा सजाय दिन माग गरेको छ । विद्यालयले आज एक अनुशासित र मेहिनती विद्यार्थी गुमाएको पनि उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्