Logo

ब्याडमिन्टन छाडेर फिल्मी करियर सुरु गरेकी दीपिका भन्छिन्,‘आफ्नो खुशीको पछि लाग्नुहोस्’



एजेन्सी, २२ चैत्र । आफ्नो दमदार अभिनयले मानिसको मनमा स्थान बनाएकी बलिउड नायिका दीपिका पादुकोणलाई हालै दुबईमा आयोजित एक अवार्ड कार्यक्रममा सिनेमामा गरेको योगदान र मानसिक स्वास्थ्यप्रति सचेतना फैलाएको भन्दै १०० टाइम इम्प्याक्ट अवार्डबाट सम्मान गरिएको छ ।

दीपिकाले आफ्नो इन्स्टाग्राममा अवार्ड शोको एउटा भिडियो सेयर गरेकी छिन्, जसमा उनले आफूले ब्याडमिन्टन छोडेर अभिनेत्री बन्ने निर्णय गरेको बताएकी छिन् । उनले भिडियोको सुरुमा भनिन्, ‘जब म १६ वर्षको थिएँ, मैले ब्याडमिन्टन खेलाडीका रूपमा आफ्नो करियर बनाउने निर्णय गरेकी थिइनँ किनभने मैले २० वर्ष पुग्छु भनेर सोचेको पनि थिइनँ। ’

उनले अगाडी भनिन्,“जब तपाइँ आफ्नो खुशीको पछि लाग्नुहुन्छ, तपाइँ आफैलाई सधैंको लागि रहने बाटोमा राख्नुहुन्छ।“ त्यसैले आफ्नो खुशीको आनन्द लिनुहोस्। नडराउहोस्, ढोका खुल्नेछ। जब तपाईलाई थाहा छैन।

अब उनी मोस्ट अवेटेड फिल्म पठानमा देखिने छिन् । यस फिल्ममा शाहरुख खान मुख्य भूमिकामा देखिनेछन् । यद्यपी, दीपिकाको भूमिकाबारे फिल्म निर्माताले खुलाएका छैनन् । शाहरुख खान र दीपिका पादुकोण बाहेक पठान अभिनेता जोन अब्राहममा पनि देखिनेछन् । पठानका अलावा अभिनेत्री द इन्टर्न, फाइटर प्रोजेक्टमा पनि मुख्य भूमिकामा देखिनेछिन् । उनले ‘प्रोजेक्ट के’ मा प्रभास र अमिताभ बच्चनसँग स्क्रिन सेयर गर्नेछिन् । त्यहीँ ऋतिक रोशनसँग ‘फाइटर’ मा देखिनेछन् ।

 



प्रतिक्रिया दिनुहोस्