Logo

राप्रपाले चैत्र २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने



काठमाडौं, २२ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)ले आगामी चैत्र २५ गते शक्ति प्रदर्शन गर्ने भएको छ । काठमाडौंको खुलामञ्चमा हुने आमसभालाई भव्य, व्यवस्थित र विशाल बनाउने तयारीमा पार्टी जुटेको एक नेताले बताए ।

मंगलबार बसेको पार्टीको संयुक्त भेलाले आमसभा तयारीबारे समिक्षा गरेको छ । देशभर उर्लिएको जनलहर र पार्टी प्रवेश कार्यक्रमलाई काठमाडौंमा हुने आमसभामा पनि निरन्तरता दिन शक्ति प्रदर्शन गर्न पर्नेमा राप्रपाले जोड दिएको छ ।

राप्रपाले झापा, मोरङ, सुनसरी, उदयपुर, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली, कञ्चनपुर, कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, सुर्खेत, दाङ, नवलपुर, धनुषा, नुवाकोट, ललितपुर, भक्तपुर, सिन्धुली, लमजुङ, बर्दियामा आमसभा गरिसकेको छ । अब चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस्