काठमाडौ, २३ चैत्र । यतिखेर देश स्थानीय निर्वाचनमा होमिएको छ । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय गरिसकेको छ । आयोगले स्थानीय तहको निर्वाचन गराउन मतपत्र छपाइदेखि देशभरका ७५३ वटै स्थानीय निकायमा प्रमुख निर्वाचन अधिकृत पनि तोकिसकेको छ ।
स्थानीय निकायमा विभिन्न दलबाट प्रतिनीधित्व गर्ने स्थानीय नेताहरु, मेयर,उपमेयर,अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष लगायतका पदमा दाबी गरिरहेका छन् ।
ओखलढुंगा लिखु गाउँपालिकामा नेकपा (एमाले)का तर्फबाट विभिन्न स्थानीय नेताहरुले गाउँपालिका अध्यक्षका लागि आआफ्नो दाबी प्रस्तुत गरेका छन् । गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्षमा दाबी गर्नेमध्ये प्रेम प्रसाद भट्टराई एक हुन् । लिखु गाउँपालिकाको नेकपा –एमाले)बाट इञ्चार्जको जिम्मेवारी सम्हाल्नुभएका भट्टराई लिखुलाई विकास,रोजगार,पर्यटन,शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा अब्बल रुपमा काम गरेर जनतामाझ परिचित छन् । यसअघि उच्च माध्यामिक तहको प्राचार्यका रुपमा स्थापित प्रेम भट्टराई ओखलढुंगा जिल्लामा स्थापित र परिचित छन् ।
लिखु गाउँपालिकाको इञ्चार्ज भएको नाताले पनि पालिकाको अध्यक्षमा एमालेबाट मेरो दाबी छ,भट्टराईले भने,“मैले पालिकामा नेतृत् वगर्न पाएको अवस्थामा पालिकाका ९ वटै वडालाई विकास,शिक्षा,स्वास्थ्यको दृष्टिकोणबाट अब्बल बनाउनेछु ।” भट्टराई कुशल शिक्षकको रुपमा समाजमा ख्याती कमाउनु भएका ग्रामोदय युगकवि सिद्दिचरण मा.वि.गाम्नाङटार ओखलढुंगाका पूर्व प्राचार्य हुन् । उनी शैक्षिक कौशलताकै कारण मावी प्रथम श्रेणीमा वढुवा भै निबृत भएका थिए । भट्टराईले पन्चायत कालमा पार्टीको सकृय भुमिगत कार्यकर्ताको रुपमा रही सेवा निबृती पछि लिखुमा नेकपाकालिन पार्टी अध्यक्ष भइ कुशलतापूर्वक कार्यभार सम्पन्न गर्ने क्षमता राख्छन् ।
संसद विघटन भई पार्टी समस्यामा रहेको बेला लिखु पालिकाको बिरासद कायम गर्ने सबालमा महत्वपूर्ण भुमिका खेल्दै (पालिकाको)आफुले समाल्दै आएको पार्टी अध्यक्षको पदपालिका अधिवेशन बाट सौहार्द पुर्ण ढंगले हस्तान्तरण गर्दै अहिले इञ्चार्जको भूमीकामा रहेका छन् ।
पार्टीको नबौ जिल्ला अधिबेसनबाट सम्मान जनक मत प्राप्त गरी जिल्ला कमिटी सदस्यमा निर्वाचित भट्टराई लिखु गाउँपालिका कमिटीको ईन्चार्ज जस्तो महत्पूर्ण जिम्मेवारीले भबिस्यमा थप राजनैतिक र सामाजिक दायित्व वहन गर्नसक्ने क्षमताको पहिचान झल्कन्छ । त्यसैले बुद्धिजिबी तथा विकासप्रेमीको रुपमा स्थापित भट्टराईले पार्टीको तर्फबाट टिकट पाएमा जित्ने दाबी गर्दै आफूसंग विकासको भिजन रहेकोले पालिकालाई सम्र्र्पूण दृष्टिकोणबाट अगाडी बढाउनसक्ने क्षमता राख्छन् ।
प्रेमप्रसाद भट्टराईबाहेक अन्य नेताले पनि लिखुको अध्यक्षमा दाबी गरेका छन् । पुराना कार्यकर्ता तथा सहयोगी,समाजसेवी मिलन विष्ट पनि लिखुमा एमालेको तर्फबाट अध्यक्षको दाबेदारी हुन् । यसबाहेक हाल उपाध्यक्ष पदमा रहनुभएकी शान्ता ढुंगेल पनि अब हुने स्थानीय तहको निर्वाचनमा अध्यक्षको दाबेदारी प्रस्तुत गरेका छन् । आफूले उपाध्यक्ष हुँदा गरेका काम र सबै जनताबीच परिचित भएकोले आफूलाई पार्टीले टिकट दिएको अवस्थामा जित्ने उनको भनाई छ ।
यस्तै पालिकाको अध्यक्षमा रामकुमार अछामी पनि दाबेबार हुन् । उनले आफू पार्टीको धेरै पुरानो कार्यकर्ता भएको हुनाले अध्यक्षमा दाबी प्रस्तुत गरेका हो । अहिले अछामी लिखु गाउँपालिकामा एमालेबाट अध्यक्षमा हुन् ।
यस्तै पुराना कार्यकर्ता शेखर भट्टराईले पनि एमालेबाट अध्यक्ष पदमा दाबी गरेका छन् ।