Logo

कंगोमा शान्तिसेनामा खटिएका अनिल गुरुङको मृत्यु



काठमाडौं २३ चैत्र । कंगोमा राष्ट्रसंघीय शान्तिसेना खटिएका एक नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्युु भएको छ । विद्रोहीको आक्रमणबाट सुर्खेत गुर्माकोट–१४ का अनिल गुरुङको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

कंगोको इन्टुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा खटिएका शान्तिसेनामाथि भएको आक्रमणको राष्ट्रसंघले निन्दा गरेको छ ।

अपरेसन बालीको क्रममा प्रमुख सेनानी निकिल कुँवरका कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि हिजो विद्रोही मिलिसियाले आक्रमण गर्दा गुरुङ घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको निर्देशानलयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्