Logo

जयशंकरले देखेको कोभिड र अफगानिस्तानको घटनाले विश्व व्यवस्थामा आएको परिवर्तन



एजेन्सी, २३ चैत्र । भारतले रुस-युक्रेन युद्धको विपक्षमा रहेको भन्दै शान्तिको आव्हान गरेको छ । भारतका विदेशमन्त्री एस जयशंकरले बुधबार लोकसभालाई सम्बोधन गर्दै रुस युक्रेन युद्धलाई द्वन्द्व भन्दै संवादबाट समस्याको हल गर्नुपर्नेमा जोड दिएका छन् ।

जयशंकरले युक्रेनको बुचामा भएको सर्वसाधारणको हत्याबारे सार्वजनिक रिपोर्टहरुबारे स्वतन्त्र अनुसन्धान गर्नुपर्ने बताएका छन् । भारतले तत्काल हिंसाको अन्त्यको पक्ष लिदै आएको स्पष्ट पारेका छन् ।

बुचामा भएको हत्याको रिपोर्टबारे सोध्दा जयशंकरले रिपोर्टहरुबारे स्तब्ध भएको उल्लेख गर्दै कुनैपनि प्रकारका निर्मम हत्याहरुको भत्र्सना गरे । उनले यसलाई गम्भीर मामला भन्दै स्वतन्त्र छानविनमा जोड दिए ।

जयशंकरले भारतको पछिल्लो कदमलाई राजनीतिक रङ्ग दिन खोज्नुलाई दुर्भाग्यपूर्ण भने । भारतले शान्तिको पक्ष लिएको बताउँदै भने, ‘भारतले शान्तिको पक्ष लिएको छ । यो भनेको तत्काल हिंसाको अन्त्य हो ।’

जयशंकरले विश्व व्यवस्थामा परिवर्तन आइरहेको समेत बताए । उनले कोभिड अफगानिस्तान जस्ता घटनाले विश्व व्यवस्थामा परिवर्तन आइरहेको तर्क गरे ।

भारतले अमेरिका, बेलायत जस्ता पश्चिमा देशहरुको दबाबका बाबजुद युक्रेनमाथि रुसी हमलाको विरोध गरेको छैन । उसले तटस्थ भूमिका देखाइरहेको छ । यसका पछाडि भारतले देखेको विश्व व्यवस्था परिवर्तन पनि हो भन्ने खुलेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्