Logo

शेयर बजारको ओरालो यात्रा अझै रोकिएन, २ अर्बको कारोबार



काठमाडौं, २३ चैत्र । साताको कारोबारको चौथो दिन बुधबार पनि शेयर बजार ओरालो लागेको छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २३ दशमलव ३२ अंकले घटेर २४ सय २८ दशमलव ७५ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव २८ अंकले घटेर ४५५ दशमलव ९४ विन्दुमा रोकिएको हो ।

यसैगरी, आज २२६ कम्पनीको १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँ बराबरको ४३ लाख ७२ हजार १७१ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्