Logo

प्रधानमन्त्री देउवाद्वारा टाइफाइडविरुद्धको खोप अभियान उद्‌घाटन



काठमाडौं, चैत २४। प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन्। रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन्।

बिहीबारदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ। यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइनेछ। बालबालिकालाई शुक्रबारदेखि खोप दिइँदै छ।

नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो। झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ। नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ। नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दै आएको थियो।



प्रतिक्रिया दिनुहोस्