काठमाडौं, २५ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तीनदिन भित्र उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको छ । आगामी बैशाखमा हुने स्थानीय चुनावको लागि लोसपाले चैत्र २८ गतेभित्र वडा र पालिकास्तरबाट उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो ।
वडाध्यक्ष, पालिका प्रमुख, उपप्रमुखलगायतको नाम सिफारिस गर्न पनि लोसपाले निर्देशन दिएको एक नेताले बताए । भ्रष्टाचारमा नमुछिएकाहरुको नाम सिफारिस गर्न पनि पार्टीले निर्देशन दिएको छ ।
लोसपाले केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा बिहीबार जिल्लाहरुमा विस्तारित बैठक बोलाएको थियो ।