Logo

यी हुन् बिहीबार बसेको मन्त्रीपरिषद्का निर्णय



काठमाडौं, २५ चैत्र । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ ।

बैठकले बुढी गण्डकी जलविद्युत आयोजनासम्बन्धि नेपाल सरकारको मन्त्रिपरिषदको २०७५ असोज ५ गते को निर्णय खारेज लगायतका २३ वटा निर्णय गरेको हो ।

नेपाल दुर सञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा सुनिल पौडेललाई नियुक्त गर्ने पनि निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।



प्रतिक्रिया दिनुहोस्