काठमाडौं, २५ चैत्र । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ ।
स्थानीय तहको निर्वाचनको आचारसंहिता लागु हुनुअघि आज नै कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।
निर्वाचन आयोगले आज राति १२ बजेबाट निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ ।
कांग्रेसबाट संसदीय दलका नेता डा. रणबहादुर रावल, गोविन्द बोहोरा र टेकबहादुर रैका सरकारमा सहभागी हुने भएका छन् ।
रावल आन्तरिक मामिलामन्त्री, बोहोरा सामाजिक विकासमन्त्री र रैका सामाजिक विकास राज्यमन्त्री बन्ने जनाईएको छ ।
कांग्रेस सरकारमा सहभागी हुनेबित्तिकै माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) दुई मन्त्री र एक राज्यमन्त्री सरकारबाट हट्ने जनाईएको छ ।